Techie IT
बुधबार, माघ २३,२०८१

चितवन ट्राफिकलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण


चितवन । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड – १९) संक्रमण विरुद्ध अग्रमोर्चामा परिचालित चितवन ट्राफिक प्रहरी कार्यालयलाई राेटरी क्लब अफ रत्ननगरले स्वास्थ्य सुरक्षा सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

जिल्ला तथा मातहतको कार्यालयमा समेत ओहोरात्र खटिदै आएका सम्पूर्ण प्रहरी कर्मचारीहरुका लागी काेभिड-१९ काे संभावित जोखिम र आवश्यक सुरक्षा सतर्कता समेतलाई मध्यनजर गर्दै चितवन ट्राफिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

 

रोटरी क्लब अफ रत्ननगरका पुर्व अध्यक्ष समेत रहनुभएका विपिन पाेखरेलकाे बिशेष पहलमा उक्त क्लबका अध्यक्ष शिवराज उप्रेतीले एन ९५ माक्स १०० थान, मेडिकल माक्स दुई हजार ५०० थान, पञ्जा ५ प्याकेट, स्यानिटाइजर ५ लिटर तथा फेस सिल्ड ३० थान सहयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

क्लबले सोमबार आफूलाई सहयोग हस्तान्तरण गर्दा काममा समेत थप उर्जा मिलेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##चितवन #ट्राफिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545