बूढानिलकण्ठ भौतिक, प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाको धनि : डा भट्टराई

नेपाल कम्युनिस्ट पार्टीका कन्द्रीय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को पन्चकन्या सामुदायिक बन तथा मन्दिरको अवलोकन गर्दै सो क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई बढाउने योजना बनाउनका लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गरेका छन।
बुढानिलकण्ठ नगरपालिकामा भौतिक, प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाहरु धेरै रहेको बताउदै डा. भट्टराईले तिनको एकीकृत र बृहत योजना बनाउनका लागि आग्रह गर्दै डा. भट्टराईले काठमाडौं क्षेत्र नं ४ का पशुपति ,मैतीदेवी ,बुढानिलकण्ठ ,भद्रकाली ,सिद्देश्वर ,रुदेश्वर जस्ता धार्मिक सम्पदा जोड्ने प्रस्तावलाई नेपाल सरकारले सहयोग गर्ने बताएका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी ,नेकपा काठमाडौंका सचिवालय सदस्य विदुर विक्रम खड्का,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल र वडा अध्यक्षहरु सहित सो क्षेत्रमा पुगेका डा.भट्टराईले निर्वाचनमा प्रस्तुत गरेको घोषणापत्र स्मरण गर्दै काठमाडौं क्षेत्र नं ४ का जनातालाई अधिकतम सुविधा प्रदान गर्नेगरी लाग्नुपर्ने बताएका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा निर्माण गरिएको आइसोलेसन केन्द्रको निरीक्षण पश्चात पन्चकन्या मन्दिर पुगेका डा.भट्टराईले थप आइसोलेसन बेड र अन्य पूर्वाधारका लागि आवस्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ, #राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्