टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र अस्पताल बन्ने
![](https://www.sajhapana.com/wp-content/uploads/2020/08/tooo.jpg)
टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र अस्पताल बन्ने भएको छ। हाल कोरोना संक्रमितहरुका लागि आइसोलासन केन्द्रका रुपमा रहेको सो स्वास्थ्य केन्द्रलाई बागमती प्रदेस सरकारको सहयोगमा क्षेत्र,सुविधा र सेवा विस्तार गर्दै अस्पतालका रुपमा विकास गर्ने नगर कार्यपालिकाको निर्णय अनुसार प्रदेस सरकारलाई आग्रह गरिसकेको टोखा नगरपालिकाले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा भक्तपुर अस्पताल संगै उक्त स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको टोलीले सो केन्द्रको निरीक्षण गरेको थियो।
बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल , प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, विभिन्न वडाका अध्यक्षहरु ,स्वास्थ्य शाखाका प्रमुखको उपस्थितिमा सो केन्द्रलाई तत्काल आइसोलेसनका रुपमा प्रयोग गर्ने र संग संगै अस्पतालमा स्तारुन्नती गर्ने सम्बन्धमा छलफल गरिएको छ।
सो स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्नका लागि बागमती प्रदेस सरकारले सहयोग गर्ने जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले तत्काल सुविधा र सेवा थप गर्नका लागि प्रदेस सरकारले बजेट व्यवस्था गर्ने हुनाले आवस्यक प्रक्रिया पुरा गर्नका लागि आग्रह गरेका थिए।
नगर कार्यपालिकाले निर्णय गरेर बागमती प्रदेस सरकारलाई पत्राचार गरिसकेको जानकारी दिदै नगर प्रमुख प्रकास अधिकारीले हाल ७० जना भन्दा माथि कोरोना संक्रमितलाई राख्न सकिने सो केन्द्रमा थप स्थान र सुविधाको प्रवन्ध भैरहेको बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चंडेश्वरी स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्