देशभर १ हजार १११ जनामा कोरोना पुष्टि, संक्रमित हुनेकाे संख्या ३५ हजार पाँच सय २९ पुग्यो
एकैदिन उपत्यकामा ३७७ जना कोरोनाबाट संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप एक हजार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तीन सय ३४ महिला र सात सय ७७ जना पुरुष छन् । याे समेत गरेर देशभर हालसम्म संक्रमित हुनेकाे संख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । यो अवधिमा १२ हजार ६ सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बिहीबार पाँच सय ६९ जना संक्रमण जितेर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । संक्रमण निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ७३ छ । त्यसमध्ये ६ हजार दुई सय १० जना होम आइसोलेसन र नौ हजार ६३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्