टोखा चण्डेश्वरी अस्पतालले १७ बेड क्षमता बनायो

नविना श्रेष्ठ
काठमाडौं ।टोखा नगरपालिकामा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या बढ्न थालेपछि संक्रमित वा शंकास्पद बिरामीलाई राख्नको लागि आइसोलेसन वार्डमा टोखा चण्डेश्वरी अस्पतालले १७ बेड क्षमताको बनाएको छ ।
टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशी र नगरपालिकाको संयोजकमा टोखाको समुदाय अस्पतालमा १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको वडा अध्यक्ष दिपक रज जोशीले जानकारी दिनुभयो। यस बारेमा वडा अध्यक्ष दिपक राज जोशी भन्नुहुन्छ-“ पछिल्लो दस दिनभित्र रुघाखोकी तथा ज्वरो आएको वा दुई हप्ताभित्र विदेश (कोरोना प्रभावित देश) बाट फर्किएको वा त्यस्ता व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिलाई सिधै चण्डेश्वरीअस्पतालको आइसोलेसन कोठा मार्फत सेवा लिन आग्रह गर्न चाहन्छु।
आइसोलेसन बेडमा काम गर्ने कर्मचारीहरु स्वास्थ्यलाई मध्यनजर गर्दै उपयुक्त व्यवस्था गरिने छ। अहिले तत्काल हामी कहॉ चार जना स्वास्थ्य कर्मचारी रहेको छ”। टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डंगोल भन्नुहुन्छ- “ कोभिड-१९ को महामारी तीव्र रुपमा फैलिएको कारणले शुरूको अवस्थामा जसरी सजिलोसंग स्वयंसेवक र कर्मचारीहरु प्राप्त नभएको गुनासो आम नागरिकले व्यक्त गर्नु भयो। यसको लागि हामीले पहिलो चरणमा ३० वटा सम्मको आइसोलेसन बेड संचालन गर्ने भनेर मेरै संयोजक समिति ( आइसोलेसना व्यवस्थापन निमार्ण समिति) को संयोजकमा काम सुरु भएको थियो ।
कोरोना भाइरस कोभिड-१९ को जुन महामारी फैलिदै गएको यो अवस्थालाई ध्यानमा राखी आइसोलेसना बेड संचालनमा ल्याइएको र शनिवार दिन देखि आवश्यक सामग्रीहरु उपल्ध गराउने म वाचा गर्दछु।म यहॉको स्थानीय बासिन्दाहरुलाई यो अनुरोध गर्न चाहान्छु कि सकेसम्म घर बाहिर ननिसक्नु र निस्कनै परेमा सामाजिक दूरी कायम गरी र माक्स लगाएर मात्र निस्कनु होस। आज सम्म वडा नं २ मा कोरोना भाइरस संक्रमित नदेखेको र नभेटिएको भनेर वडा वासीहरू ढुकले बस्न नहुने वडा अध्यक्ष दिपक राज जोशीले बताए।
कोरोना भाइरस संक्रमित बढेको कारणले पूर्ण रूपमा फेरि जनप्रतिनिधिहरु, सुरक्षित निकायका प्रहरी, स्वयं सेवक र पत्रकारहरु सबैलाई एक पटक PCR टेस्ट गर्ने योजना बनाएको वडा अध्यक्षले टोखा लाइभलाई जानकारी दिनु भयो।कोरोना भाइरस संक्रमण रोकथामका लागि र वडा नं २ मा संस्कृति , संरक्षणसंगै कोरोना मुक्त क्षेत्र बनाउन स्वयं सेवक परिचालन गरिने भएको छ।
टोखा नगरपालिका वडा नं २ वडा स्तरीय शान्ति सुरक्षा उपसमितिका संयोजक हेरकाजि डंगोल को अध्यक्षतामा स्वयं सेवक परिचालन गरी प्रमुख टोल, सडक, चोकमा सतर्क गस्ती निगरानी समेत गरिने भएको छ। टो. न. पा २ र ३ वडाको जनप्रतिनिधि सहितको संयुक्त बसेको बैठकमा प्राचीन बस्ती भित्र एक रूपता कायम रहने गरी स्वयं सेवक परिचालन गरी प्रमुख टोल, सडक, चोकमा सर्तक गस्ती निगरानी गर्ने निणर्य समेत गरिएको उपसमिति संयोजक हेरकाजी डंगोलले बताए।
स्वयंसेवकहरुलाई आवश्यक पर्ने मास्क, ग्लोव, सेनेटाइजर , ज्याकेट, फेस फिल्ड लगाएको सामाग्री व्यवस्थाका साथै स्वयं सेवक तथा निजहरूको परिवार सबैको कोरोना बीमाका लागि वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको टोखा लाईफ लाई उपसमिति का संयोजक हेराकाजी डंगोलले जानकारी दिनु भयो।
साथै यस वडा बाट प्रदान गरिने विपत व्यवस्थापन र अत्यावश्यक कार्यहरु गर्न आवश्यक भएमा जनप्रतिनिधि एव कर्माचारी मा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्नु भएको छ। कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन र शंकास्पद बिरामी पत्ता लगाउन अस्पतालको गेटमै हेल्प डेस्क स्थापना गरिएको टोखा चण्डेश्वरी अस्पतालले जनाएको छ ।
नोट: नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चण्डेश्वरी अस्पताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्