कोरोना संक्रमीतलाई आइसोलेसन बनाउन होटल खोज्दै तारकेश्वर नगरपालिका

काठमाडौं। पछिल्लो समय तारकेश्वर नगरपालिकाभित्र कोरोना संक्रमीतको संख्या बढे पछि तारकेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेसँगै नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ ।
आइसोलेसन बनाउने भनेर अघिल्लो साता नै तयारी गरेपनि नगरपालिकाले सकेको थिएन । यसअघि नगरपालिकाले वडा नं १ स्थित साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने भनिएको थियो । त्यो सँगै हाल आएर नगरपालिकाले आठमाइलमा रहेका होटलहरुलाई आइसोलेसन बनाउने तयारी गरेको हो ।
संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरुमा पनि कुरा भइरहेको नगरपालिकाको मेयर रामेश्वर बोहोराले बताउनुभयो । साङ्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बनाउन अनुगमन गर्न लागिएको बोहोराले बताए ।
‘स्वास्थ्य केन्द्र र होटलहरु दुवैमा पूर्व अनुगमन गरेर अध्ययन गर्दैछौं एक–दुई दिनमा टुंगो लाग्छ ।’ उनले भने । कतिवटा आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भैरहेको बोहोराको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #रामेश्वर बोहोरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्