Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभामा आईसोलेसनमा राखिएको स्वास्थ सामग्री चोरी

आईसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो ।


संखुवासभा सदरमुकाम खाँदबारीको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आईसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताउनुभयो । झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको छ ।

अहिले आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको श्रेष्ठले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545