टोखामा ढुङ्गा स्वोलीङ्गको काम तिब्र गतिमा , अनुगमनमा पुगे मेयर सहित जनप्रतिनिधि
टोखा काठमाडौ । काठमाडौको प्राचिन एतिहासिक नगरी टोखा बजार भित्र अहिले ढुङ्गा स्वलीङ्गको काम भइरहेको छ ।
टोखा गेट बाट गणेश मन्दिर सम्म करिव २०० मिटर ढुङ्गा स्वोलीङ्गको काम भइरहेको स्थानिय समाज सेवी सत्यनारायण डंगोलले बताए ।
सो कार्यको निरिक्षण एवं अनुगमन गर्ने टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी , उपमेयर ,ज्ञानमाया डंगोल , प्रदेश सभासद दिपक निरौला पुगेका छन ।
प्राचिन एवम् पौराणिकताका साथै सांस्कृतिक नगरी टोखाको महत्वलाइ अझ विस्तारित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नकालागि एकीकृत योजना अनुरुप नगरपालिका बाट करिब १ कारोड १० लाख रुपैया बजेट बिनियोजन भएको हो । टोखा संस्कृति सम्पदा संरक्षणका लागी नगर प्रशासन बिभिन्न योजनाका साथ लागी परेको मेयर प्रकाश अधिकारीले बताए ।
टोखामा विद्यमान संस्कृतिको संरक्षणसंगै पर्यटनको विकास निर्वादरुपमा सफल हुने बताउँदै प्रदेश सभासद दिपक निरौलाले टोखामा सस्कृति पर्यटनको प्रवद्धनबाट मुलुकको समृद्धिको मार्ग पहिल्याउँन सकिने बताउदै भौतिक पूर्वाधार तर्फ बिभिन्न काम भइरहेको बताए ।
त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले गुरु योजना सहित कार्यारम्भ गरिसकेको बताउँदै टोखा नगरपालिका लाइ नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा ढुङ्गा स्वोलीङ्ग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्