Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर नमुना नगरमा कोरोना पोजेटिभ भेटीयो स्थानीयहरुद्वारा सिल (फोटो फिचर )


काठमाडौं । तारकेश्वर वडा नं. १० र ११ को नमुना नगरमा १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा अहिले स्थानीयहरुद्वारा सिल गरेका छन् । तारकेश्वर १० को एकै घरका ५ जना बिरामी भेटिएपछि १ जनाको स्वाब संकलन गर्दा पोजेटिभ देखिएको छ ।

सिल गर्ने कार्यक्रममा नमुना नगर टोलका अध्यक्ष इन्द्र गुरुङ सहितको सक्रिय उपभोक्ताहरुको सहभागिता रहेको थियो । सिल कार्यक्रममा तारकेश्वर १० नेकपाका संयोजक विनोद पौडेलको समेत सहभागितामा रहेको थियो ।

स्थानीयहरुका अनुसार कोरोना संक्रमित परिवारका सदस्यहरुको स्वाब संकलन गरेर सबैको रिपोर्ट नेगेटिभ नआएसम्म उक्त क्षेत्रलाई सिल गर्ने बताएका छन् । उनिहरुले स्थानीय सरकारसँग तत्काल कोरोना संक्रमित सम्भावना भएका व्यक्तिहरुको पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

तारकेश्वर नगरपालिकाले हिजोदेखि नै नगरका पसलहरु बन्द गर्ने र अनावश्यक रुपमा हिँडडुल गर्न बन्द गर्ने निर्णय गरेपनि अहिलेसम्म पसलहरु पूर्ण रुपमा खुला रहेको र सडकमा मानिसहरुको भिड जताततै देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545