निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।
दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।
जिल्ला शाखाअन्तर्गत रही सदस्य लिने पत्रकारको न्यूनतमरुपमा भए पनि समाचार या अखबारी लेखन नियमित हुनुपर्ने जनाइएको छ । पत्रकारिता पेशालाई जिम्मेवार र मर्यादित बनाउन सदस्यता शुद्धीकरण गर्नु परेको शाखा सचिव राम थापाले बताउनुभयो ।
शाखामा हाल आबद्ध रहेका १८१ सदस्यमध्ये बढीमा ३५ जना पत्रकारमात्र सक्रिय छन् । वर्षौंदेखि पत्रकारितामा नरहे पनि वार्षिक शुल्क बुझाएकै भरमा सदस्यता नवीकरण हुने गरेको छ । सदस्यता लिनेमा राजनीतिक दलका नेतादेखि व्यवसायीसम्म छन् । “पत्रकारितामा निष्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्छौं”, अध्यक्ष शिरीषले भन्नुभयो, “क्रियाशीलता नदेखिएमा सदस्यता नवीकरण हुन्न ।”
महासंघ केन्द्रले पनि सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । मुलुकभर महासंघका साधारण सदस्य हजारौँको संख्यामा रहे पनि कममात्र सक्रिय पत्रकारितामा छन् । निष्क्रिय सदस्यहरु महासंघको नेतृत्व फेर्ने चुनावमा मतदाताको भूमिकामा मात्र सीमित छन् । महासंघको प्रदेश नं ४ समितिको पहिलो बैठकले पनि सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो ।
जिल्ला शाखाबाट गएको सिफारिसकै आधारमा महासंघ केन्द्रले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ बागलुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्