Techie IT
बुधबार, माघ २३,२०८१

गोंगबु हत्याकाण्ड : अभियुक्त महिला कलाकार सार्वजनिक


गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यारा फेला पारेको छ।

मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी पौडेललाई संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

तीनचार वर्षअघि फेसबुकबाट चिनजान भएर नजिकिएका र पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेपछि केही दिनअघि रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको अभियुक्तले स्वीकारेको प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन्। ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न अभियुक्तले टाउको र खुट्टा काटेर छुट्टा छुट्टै स्थानमा फ्याकेकी थिईन। शव फ्याकेर उनी माईत चितवन गएकी थिईन। सोमबार उनलाई प्रहरीले चितवन बाट पक्राउ गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #gongabu murder case reveal


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545