Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वरमा ५१ वर्षिय पुरुषमा कोरोना पुष्टि (रिपोर्टसहित)


काठमाडौं । तारकेश्वर १० को शिव नगरमा अस्थायी बसोबास गर्ने एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । स्थायी घर गुलमी रेसुङ्गा भई स्वास्थ्य उपचारको लागि तारकेश्वर १० को शिव नगरमा केही समयदेखि बसोबास गर्दै आएका थिए ।

मुटुको भल्व परिवर्तनका लागि भन्दै गंगालाल अस्पतालमा करिव १०–११ दिनदेखि भर्ना भएका नीजको कोरोना परिक्षण पश्चात मात्र अपरेसन गर्ने तयारी भएको थियो । कोरोना परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि तत्कालै गंगालाले किर्तिपुर अस्पताललाई जानकारी गरेर बिरामीको डिस्चार्ज गरी घर फिर्ता पठाएको थियो ।

बिरामीको आफन्तकाअनुसार कोठा नजिकै आइपुग्न लाग्दा अस्पतालले कोरोना देखिएको जानकारी दिएपछि कित्तिपुर अस्पतालबाट आएको एम्वुलेन्समा राखेर हिजो नै आइसोलेसनमा राखेको बुझिएको छ ।

हिजो नै तारकेश्वर १० मा दुई जनाको कोरोना पुष्टि भएको थियो । बागलुङ स्थायी घर भएपनि तारकेश्वर १० को सप्तऋषि टोलमा स्थायी बसोबास गरेका ३८ वर्षिय कोरोना संक्रमण भएको पुरुष हिजोदेखि होम क्वारेन्टाइन मै रहेका थिए । उनलाई अब केही घण्टामै कित्तिपुर आइसोलेसनमा लैजाने तयारी भएको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545