Techie IT
बुधबार, माघ २३,२०८१

मनकामना धाममा संखुवासभा अमेरिका जनसम्पर्क समिति पहलमा राहत वितरण


संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिकाको पहलमा खाँदबारी ९ मा रहेको मनकामना धामका गरुकुल र सन्यास आश्रमका ७० जनालाई राहत बितरण गरिएको छ । सम्पर्क समितिले उपलव्ध गराएको राहत तुम्लिङटारका युवाहरु रविन गौतम, प्रताप गुरुङ र प्रवेश्वर श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको छ । उनीहरुलाई चामल, दाल, नुनतेल लगायत खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको हो ।

खाँदबारी नगरपालिका ९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्ध र  गुरुकुलका विद्यार्थीहरुको अविरल बर्षातको भल र पहिरो आएपछि कुटि, पाठशाला र आवासमा क्षति पुगेको थियो । उनीहरुको खाद्यन्न र लत्ता कपडा समेत नस्ट भएको थियो ।

अमेरिकामा बसोबास गर्ने संखुवासभा जिल्लाबासी कांग्रेस प्रजातन्त्रमा आस्था राख्नेहरुको सामाजिक सस्था संखुवासभा अमेरिका जनसम्पर्क समितिको सक्रिय पहलमा सहयोग संकलन गरिएको सम्पर्क समितिका सदस्य महिपाल घिमिरेले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545