Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौंमा ४८ जनामा कोरोना संक्रमण पुष्टि


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ।

योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्। हाल ५ हजार १ सय ३९ जना संक्रमितको उपचार भइरहेको छ।

हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545