Techie IT
आईतबार, वैशाख ७,२०८२

नागार्जुन नगरपालिकाभित्रका सबै सरकारी कर्मचारीहरुलाई सम्पत्ति विवरण दर्ता गर्न निर्देशन


साउन, काठमाडौं । नागार्जुन नगरपालिका भित्रका सरकारी कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण प्रदेस सरकारलाई ३० दिनभित्र बुझाउन निर्देशन गरेको छ ।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेस तथा स्थानीय तहमा समायोजन भएका वा अन्य कर्मचारीहरु र लोकसेवा आयोगबाट २०७५/७६ मा भएको विज्ञापन अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण प्रदेस सरकारकारको मुख्यमन्त्रीको कार्यालयमा ३० दिनभित्र पेस गर्न अनुरोध गरेको छ ।

 

जिल्ला समन्वय समितिको कार्यालय, गाउँपालिका, नगरपालिका र प्रदेस सरकारको मन्त्रालयहरुमा पेस भएका कागजात मुख्यमन्त्रीको कार्यालयमा बुझाउन प्रदेस सरकाको निर्देशनलाई नागार्जुन नगरपालिकाले आफ्ना सबै वडाहरु र साखा/उपशाखामा पत्राचार गरेको छ ।

नीजामती सेवामा कार्यरत रही संघ, प्रदेस र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले साविक बमोजिम नै राष्ट्रिय कितावखानामा नै सम्पत्ति विवरण बुझाउन नागार्जुन नगरपालिकाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545