तारकेश्वरमा चोरको आशंकामा कुटपिट गर्न थालेपछि एकजना व्यक्तिको मृत्यु

काठमाडौ । तारकेश्वर वडा नं. ५ स्थित गोलढुंगामा गएराती १२ः३० बजे एक युवाको हत्या भएको छ । रसुवा स्थायी घर भई कपुरधारा बस्दै आएका २४ वर्षे खिरिङ तामाङको स्थानीयले चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि हत्या गरेका छन् ।
साथीको घरमा पाहुना लाग्न गएका खिरिङ तामाङले स्थानीय कृष्ण श्रेष्ठको कुकुरलाई ढुंगाले हानेको निउँमा स्थानीयहरु ढुंगाले हानेको बताइएको छ ।
पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले बताएअनुसार उनको टाउकोमा चोट लागेको छ।
गोलढुंगाका स्थानीय बासीलाई बालाजु प्रहरिले समातेर अनुसन्धानका लागि प्रहरि कार्यालय बालाजु वृतमा राखेको छ ।
गाउँलेहरुले चोरको आशंकामा कुटपिट गर्न थालेपछि मारेको बुझिएको छ । मृतकको साथी एक जना घाइते भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो । त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कुटपिट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्