Techie IT
शनिबार, वैशाख ६,२०८२

टोखा नगरपालिकाको हरियाली बस्तीका ३ जनामा कोरोना संक्रमण


काठमााडौं । टोखा नगरपालिका-६ को हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।

आईतवार उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब नमुना संकलन गरेको हो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो । बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको हो।

टाेखा न. पा. वडा नं.६ मा PCR Test हुँदा अरु वडाका मानिसहरुकाे पनि भएको र परीक्षणको रिपोर्ट  टेस्ट भएको छ ।

यसै बिच पोजेटिभ २ जनालाई भएकोमा १ जना पुनह परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आई घर फर्कीसक्नु भएको टोखा ६ नं वडा कार्यालयले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545