Techie IT
बुधबार, माघ २३,२०८१

कोरोनाका कारण थप ३ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोनाका कारण मृत्यु भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए ।

काठमाडौं शंखमुलका ६० वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुष र काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545