Techie IT
सोमबार, वैशाख ८,२०८२

पार्टी एकतालाई दुर्घटनाबाट जोगाइयो भन्दै पोखरेल वुटबल लागे


काठमाडौँ, २६ असार ः प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन नसक्नृ बताएका छन् । काठमाडौबाट बुटवल जाने क्रममा सामाजिक सञ्जाल उनले पार्टी एकता पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गर्न आग्रह गरे ।

उनले पार्टी एकतालाई दुर्घटनाबाट जोगिएको समेत बताएका छन् । ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा९वुटवल० फर्किएको छु,’ उनले अगाडि भनेका छन् , ‘ पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’

उनले पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुने बताएका छन् ।

नेता पोखरेलले अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मनन गरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्दै धर्ना,जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जट्न आग्रह गरे । उनले अहिले वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय नभएको समेत बताए ।

नेपाल भारत बीचको सिमाविवाद समाधान गर्ने उद्देश्यका साथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको उनको भनार्य रहेको छ ।

स्थायी कमिटी सदस्य समेत रहेका उनले सबै राजनीतिक दलको समर्थनमा अतिक्रमण गरिएको भूमि समेटिएको नक्सा संविधानको अनुसूचीमा समावेश गरिएको भन्दै यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प रहेको उल्ल्ेख गरे ।

उनले छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एक भएर साथ दिने वेलामा पार्टीमै विवाद देखिनु राम्रो नभएको समेत स्पष्ट पार्दै यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्ने बताए ।

यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा नेपाली रहेको उल्लेख गर्दै उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य भएको बताए ।

पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन । जव पार्टी एकतामा दरार आउछ त्यतिवेला प्रधानमन्त्री ओलीले पोखरेल वुटवलबाट काठमाडौ झिकाउने गर्दछन ।

पार्टी अध्यक्षद्धयले वान टु वान वार्ता गरिएको छ । गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पनि पार्टी विवाद मिलाउनका लागि चार पटक स्थगित गरिएको छ । पार्टीमा देखिएको समस्या समाधान गर्नका लागि अध्यक्षद्धय ओली र प्रचण्ड लागि परेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545