संखुवासभा अमेरिका जनसम्पर्क समिति गठन
संखुवासभाबाट अमेरिकामा पुगेर बिभिन्न पेशा र ब्यवसायमा संलग्न संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसंम्पर्क समिति गठन भएको छ ।
अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आईरहेका संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसम्पर्क समितिले संखुवासभालिहरु बिच आपसि सद्भाव र सहकार्य बढाउँदै संखुवासभाको बिकास निर्माण लगायतका गतिबिधीहरुमा सहयोग पुर्याउने लक्ष राखेको टेक्सासबाट सल्लाहकार रोषण ढुङ्गानाले जानकारी दिनुभयो ।
संखुवासभाबाट अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली काँग्रेसप्रति आस्थावान संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसंम्पर्क समितिको नवगठित समितिको अध्यक्षमा कृष्णराज गिरी, बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरे, उपाध्यक्ष अर्जून कुमार कार्की, महासचिवमा पदमराज तामाङ्ग, सचिव नेत्र पोखरेल, सहसचिव दिनेश डाँगी कोषाध्यक्ष छिरिङ्ग शेर्पा रहनुभएको छ । त्यसैगरि कार्यसमिति सदस्यहरुमा बिनोद गौली, दावा शेर्पा, निरमणी कालाखेती, प्रकास बोहोरा, नम्रता दाहाल, सुरथ कुमार डाँगी र असोक तामाङ्ग चयन हुनुभएको छ ।
यसैगरि सर्वसम्मत रुपमा चयन गरिएको नवनिर्वाचित समितिको सल्लाहकारहरुमा धर्मराज श्रेष्ठ, धर्म राज कोईराला, पियुस दाहाल, हरिकुमार श्रेष्ठ, रोषण ढुङ्गाना, कल्पना दाहाल र गोपाल घिमिरे रहनुभएको जनाईएको छ । नवनिर्वाचित समितिका कार्यसमिति सदस्य, पदाधीकारी तथा सल्लाहकार समितिका सदस्यहरुले संखुवासभाको बिकास निर्माणमा सहयोगि भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
कामको शिलशिलामा संखुवासभाबाट बिश्वका बिभिन्न क्षेत्रमा पुगेका संखुवासभालीहरुले जिल्लाकोे भौतिक बिकास निर्माण र सामाजिक क्षेत्रको बिकास लगायत अन्य जटिल र प्रकोपको बिषम परिस्थीतिमा समेत जिल्लाबासिलाई सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्