Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडौँ उपत्यकामा थप १४ जना कोरोना संक्रमित


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ जिल्लामा ७ पुरुष, महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन् ।

त्यस्तै, डा. गौतमले नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप ६० डिस्चार्ज भएका छन् । योसँगै निको हुने ३ हजार १९८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545