Techie IT
बुधबार, माघ २३,२०८१

युवाले सहुलियतपूर्ण कर्जा पाउनै कठिनाई


काठमाडौँ, १५ असार ः युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरलकृत बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

राष्ट्रिय युवा परिषदले आज यहाँ आयोजना गरेको ‘युवा उद्यमशिलता विकासका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी कार्यन्वयन’बिषयक अन्तरक्रिया कार्यक्रममा सहुलियतपूर्ण कर्जा स्वरोजगार हुन चाहने युवाले कानूनी प्रक्रियाका कारण न्यून संख्याले मात्र पाएको भन्दै सरलकृत बनाइने सरोकारवालाले बताएका छन् ।

परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहुलियत पूर्ण कर्जा प्रवाहमा समस्या देखिएकाले बैंकले सरल तरिकाले युवालाई कर्जा प्रवाह गर्नुपर्ने बताए ।  उनले कर्जा प्रवाहको प्रभावकारिक कार्यन्वयन नहुँदा युवा उद्यमशीलता बन्न नसकेको भन्दै कानूनमा समस्या देखिए त्यसलाई सुधार गदैै लैजानुपर्ने बताए ।

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशिल र स्वरोजगार बनाउने उद्देश्यले २०७५ कार्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको हो ।

‘‘कार्यविधि अनुसार प्रक्रिया पुर्याएर उद्यम गर्न चाहने युवालाई कर्जा प्रवाह गर्नुपर्दछ ’’ उनले भने, ‘‘ कर्जा प्रवाहमा गर्न केही कानूनी समस्या छन भने त्यसलाई संशोधन गर्नुपर्दछ ।’’

उनले परिषद्ले सहुलियपूर्ण कर्जा लिन चाहने युवालाई सहजिकरण गर्दै आइरहेको भन्दै अव त्यस्ता युवालाई लक्षित गरी गुनासो सुन्ने कक्ष समेत स्थापना गरिने बताए । परिषद्का उपाध्यक्ष ढुंगेलले कर्जा प्रवाह गर्नका लागि मध्यस्तकर्ता गर्न वा अन्य नीतिगत कानूनी वा व्यवहारिक समस्याको समाधान गरी थप समन्वय र सहजीकरण गर्न परिषद् तयार रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली युवा र राज्यले अपेक्षा गरे बमोजिमको कर्जा प्रवाह गर्न नसकिएको भन्दै आगामी दिनमा कर्जा प्रवाहको प्रक्रियामा थप सरलीकरण बनाउने बताए ।उनले कर्जा प्रवाहमा, नीतिगत कानूनी जनशक्ति र मानवीय स्वभाव समेत जिम्मेवार रहेको बताउनुभयो ।

उहाँले आफनो बैकको कूल कर्जाको न्यूनतम १ प्रतिशत कर्जा प्रवाह गर्ने नीति लिइएको भन्दै आफ्ना देशभरका सबै शाखाहरुलाई कर्जा दिन अनिवार्य गर्ने थप उत्प्रेरित गरिने धारणा राख्नुभयो ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सेवाग्राहीको गुनासो सुनुवाइ र समाधान गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्ने र सहजीकरण गरिने बताए ।

उनले कुनै कर्जा प्रवाह हुन नसकेको अवस्थामा आफ्ना बैंकका शाखालाई लिखित रुपमा नै जानकारी दिने लगाउने बताए ।  उनले आफ्नो बैंकको कृषिलाई प्राथमिकतामा राखेको हुनाले युवालाई कृषि व्यवसायतिर आकर्षित गराउने बताए ।

परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले कर्जा प्रवाहमा समस्या देखिएको बताए । उनका अनुसार अहिलेसम्म उक्त कार्यविधि २८ हजार ६८७ जनाले कर्जा लिएका छन् । उनीहरुलाई बैंकले ६ अर्ब एक करोड २९ लाख ७१ हजार कर्जा प्रवाह गरिसकेका छन ।

कुल कर्जामध्ये ९४ करोड अनुदान रकम (ब्याज र विमा)मा रहेको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
रिटर्नि माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि अनुसार कर्जा नपाएको बताए । उनले झण्झटिलो प्रक्रियाका कारण विदेशबाट फर्किका युवाले अझै कर्जा नपाएको बताउनुभयो ।

उक्त कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक शिक्षा कर्जा, भूकम्प पिडित नीजि आवास निर्माण कर्जा, कपडा उद्योग स्थापनाका लागि कर्जा र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बाट मान्यता प्राप्त तालिमका लागि कर्जा गरी नौ प्रकारका कर्जा वितरण गर्दै आइरहेको छ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #राष्ट्रिय युवा परिषद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545