Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक ,एक तिहाइमात्र खर्च (प्रेस विज्ञप्तिसहित)


१२ असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक भएको छ । जसमा एक तिहाई बजेटमात्र खर्च भएको देखिन्छ । काठमाडौंका अन्य नगरपालिकाहरुमा न्यूनतम ५० प्रतिशत भन्दा बढि खर्च गरेका नगरपालिकाहरु छन् । तारकेश्वर विकासको दृष्टिकोणले सबैभन्दा पछाडी परेको क्षेत्र हो । यसै क्षेत्रमा सबैभन्दा कम बजेट खर्च हुनुले यहाँको विकासको गतिले समृद्ध तारकेश्वर बन्ने देखिन्न ।

कम्तीमा कोरोना संकटमा पनि तारेश्वरमा ७०–८० प्रतिशत विकासमा बजेट खर्च हुने गरी काम हुन आवश्यक छ । तारकेश्वरका जनताले नगरपालिका बनेपछि करमात्र डब्बल–तेब्बर तिर्न परेका छन् । विकासको गतिले फड्को नर्मादा स्थानीय सरकारसँग जनता रुष्ट छन् ।

तारकेश्वर नगरपालिकाले जति पनि बजेट खर्च भएका छन् ति सबै वडास्तरीय स–साना योजना मात्र हुन् । नगरस्तरीय योजनाहरु कुनैपनि पुरा हुन् सकेका छैनन । तीन वर्षमा नगरपालिकाले ठेक्का लगाएका सडकहरु कुनैपनि सफलतापूर्वक बनिसकेका छैनन् । यहि स्थितिमा तारकेश्वर नगरपालिकाले आफ्नो क्रियाकलापलाई नयाँ ढंगले नसोच्ने हो भने ५ वर्षको स्थानीय सरकार हात्ति आयो हात्ति आयो फुस्सा सावित हुनेछ ।

वडा स्तरमा भएका २–५ लाखका योजनाहरुपनि उपभोक्ता समिति मार्फत् ५०–५० मा भएका कामहरु हुन् । प्रदेस सरकारको बजेटमा र नगर स्तरिय योजनाहरु सम्पन्न हुन् सकेका छैनन् । तारकेश्वरमा सडक पूर्वाधार विकास अन्तर्गत ९० प्रतिशत मुख्य सडकहरु बन्न सकेका छैनन् । विकासमा खर्च एक तिहाई पनि गर्नु नसक्नुले नगरपालिकाको कामकारवाही ढिलासुस्ती हुनुमा कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्न नसकेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा तारकेश्वरमा १ अर्व ६२ करोड ५६ हजारको बजेट रहेको थियो । जसमा चालु तर्फ ४८ करोड १२ लाख विनियोजित बजेटमा ३८ करोड २ लाख ५४ हजार खर्च भएको छ । कुल ७९.०२ प्रतिशत खर्च हो । पुँजीगत तर्फ रु. १ अर्ब १३ करोड ८८ लाख ५६ हजारबाट जम्मा खर्च १८ करोड ५३ लाख ८६ हजार भएको छ । जसमा १६.२७ प्रतिशत मात्र खर्च हो । चालु र पुँजीगत गरी तारकेश्वरमा ३४.९० प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि तारकेश्वर नगरपालिकाको कुल बजेट १ अर्ब ४५ करोड ९१ लाख रहेको छ । जसमा चालुतर्फ ५४ करोड ८७ लाख रहेको छ । जुन ३७.६ प्रतिशत बजेट हो । त्यस्तै पुँजीगततर्फ ९१ करोड ४ लाख रहेको छ । जसमा ६२.४ प्रतिशत रकम हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545