Techie IT
शनिबार, वैशाख ६,२०८२

शिखर ईन्सुरेन्सको खाँदबारी शाखाले दियो १ करोड ८१ लाख क्षतिपुर्ति


संखुवासभामा शिखर ईन्सुरेन्स खाँदबारी शाखाले शेर्पा स्टोर र राजनारायण लिम्बुलाई १ करोड ८१ लाख विमा रकम हस्तान्तरण गरेको छ । शिखरले तुम्लिङ्गटारमा रहेको शेर्पा स्टोरमा ६ महिना अघि भएको आगलागीका संचालक प्रविण शेर्पालाई १ करोड १८ लाख ६५ हजार ६ सय १६ र सवारी साधन दुर्घटनामा परेको परिवार र संचालकलाई पनि ६३ लाख २५ हजार उपलव्ध गराएको छ । आज खाँदबारीमा आयोजित कार्यक्रममा शेर्पालाई १ करोड १८ लाख ६५ हजार ६ सय १६, दुर्घटना भएको गाडीका धनी राजनारायण लिम्बुलाई ३७ लाख र ज्यानगुमाउनेका परिवारलाई २६ लाख २५ हजार हस्तान्तरण गरिएको शाखा प्रवन्धक मञ्जला श्रेष्ठले बताउनुभयो ।

उक्त रकम संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य, चेम्बर अफ कर्मशका अध्यक्ष सुमन श्रेष्ठ, नेविल बैकका प्रवन्धक सन्तोष विमली, सानिमा बैकका प्रवन्धक मेदन बस्नेत लगायतले हस्तान्तरण गर्नुभयो । संखुवासभामा ईन्सुरेन्स कम्पनीबाट ठुलो रकम दावी भुक्तानी भएको यो पहिलो भएको प्रवन्धक श्रेष्ठले बताउनुभयो । उनका अनुसार सवारी दुर्घटनामा परि ज्यान गुमाएका ६ जनाको भने जिल्ला प्रशासन कार्यालयमा रकम हस्तान्तरण गरिएको छ । उक्त रकम प्रमुख जिल्ला अधिकारी जीवन आचार्यलाई प्रवनधक श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।


क्याटेगोरी : अर्थ, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545