Techie IT
शनिबार, वैशाख ६,२०८२

नागार्जुन नगरपालिकाको बजेट १ अर्व ५९ करोड


नार्गाजुन नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु एक अर्ब ५९ करोड २२ लख ७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिकाले सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका उपप्रमुख शुसीला अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

नगरसभामा नगरपालिकाका प्रमुख मोहन बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धर , प्रदेश सांम्सद प्रकाश श्रेष्ठ , केशव पोखरेल लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिकाको बजेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545