नेकपा शिवपुरीले गाउँपालिकालाई ज्ञापनपत्र बुझायो

हरिराम भेटुवाल
शिवपुरी अषाढ८ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) शिवपुरी गाउँपालिका सङगठन कमिटीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङको अगुवाइमा रहेको एक नेतृत्व टोलीले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई गाउँपालिका कार्यलय शेराबगर पुगि ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउदै नेकपा शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङले गाउँपालिका मातहतका योजना तर्जुमा कार्यनयन सम्बन्धमा नेकपाको सुझावलाई मतभेद नगर्न सुझाएका छन। त्यस्तै नेकपाका जिल्ला सदस्य जितेन्द्र बिष्टले संघ र प्रदेशबाट गाउँपालिकालाई विनियोजित रकमको पारदर्शितापुर्ण हिसाब (आयव्यय) प्रस्तुत गर्नुपर्ने र राजनीति अास्था को अाधारमा गाउँपालिकाले वभेद गर्न नहुने गाउँपालिकालाई अनुरोध गर्नुभएको थियो । नेकपा ले दिएको ज्ञापन पत्र बुझदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले नेकपाको माग र सल्लाहलाई सम्बोधन गर्ने र अाफु सहकार्य र छलफल गरेर अघि बढने बताउनु भयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले जनतालाई दिने सेवामा राजनीति दलको विचारको अाधारमा विभेद नगरेको बताउनुभयो । नेकपा शिवपुरीले बुझाएको ज्ञापन पत्रमा उल्लेख भएको जनताको विकास र शिवपुरी को समृद्धि लागि भएको माग सम्बोधन न भए कडा रुपमा अान्दोलन मा जाने नेकपा शिवपुरी ले जनाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रम जिल्ला सदस्य तथा शिबपुरि गाउपालिका पाटि ईनचाज उजवल खडका ,सह ईन्चाज गणेश उप्रेती पाटि सचिब दिनेश अधिकारि ,जिल्ला सदस्य शयाम लामा ,मगलमाया थापा पजापति,मिन ब.तामाङ नेकपा शिवपुरीका नेताहरू को बाक्लो उपस्थिति रहेको थियोे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा शिवपुरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्