Techie IT
बुधबार, माघ २३,२०८१

मन्त्री भट्टलाई स्वास्थ्य सामाग्री प्रदान


काठमाडौँ, ६ असार ः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा मन्त्री भट्टलाई एनआरएन कोरियाका प्रतिनिधी राजेश रानाले आज सूदुरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण पिसिआर विधिबाट गर्न २ हजार ५ सय किट हस्तान्तरण गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्ला अहिले कोभिड १९ को संक्रमणमा रहेका छन् । अहिले नेपालमा ८ हजार २८४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।

मन्त्री भट्टले किटलाई सुदूरपश्चिम प्रदेशको प्रभावित जिल्लामा पठाएर परीक्षणको दायरा बढाउने बताएको उहाँका प्रमुख स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो ।

मन्त्री भट्टको पहलमा सुदूरपश्चिमबाट विभिन्न देशमा गएका एनआरएनले एक थान पिसिआर मेसिन उपलब्ध गराएका छन् । प्रमुख स्वकीय सचिव ओझाले उक्त मेसिन डडेल्धुरा अस्पतालमा राखेर कोभिड १९ परीक्षण गर्ने बताउनुभयो ।

उहाँका अनुसार चाडै नै मेसिनको सेट गरेर प्रयोगशाला संचालन गरिने छ । परीक्षणका लागि आवश्यक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाबाट मात्र पिसिआर परीक्षण हुने गरेको छ ।
भारतका विभिन्न ठाउँमा कमाउन गएका सुदूरपश्चिमका धेरै मानिस घर फर्किकाले पिसिआर मेसिन नहुँदा परीक्षण हुन सकेको छैन ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #लेखराज भट्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545