सानो बाईपास- तिनपिप्ले सडक नबने आन्दोलन गर्ने चेतावनी
तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलिमा पर्ने सानोबाईपास तिनपिप्ले सडक खण्डमा अहिले ज्यादै नै दुर्दशा देखापरेको छ। स्थानीय जनता र बटुवालाई आवतजावतमा पनि समस्या हुने गरि बाटो विग्रियको छ। खुट्टामा लगाउने चप्पल हातमा लिएर हिड्नु पर्ने अवस्था छ अहिले यो सडकमा।
मोटरसाइकल नै आवतजावत गर्नलाई समस्या देखापरेको छ, स्थानीय सरकारको लापरबाही र गैरजिम्मेवारीपनले गर्दा मानिसहरु सो बाटो आवतजावत गर्न समस्यामा परेका छन्।
सामाजिक अभियन्ता हरि तिमिल्सिनाले यदि अब यो बाटोमा ग्रभेल गरेर स्तर उन्नति नगरे विरोधी जाने र नगरपालिका कार्यलय घेराउ गर्ने कुरा हामीलाई बताउनुभयो। साथै उहाँले भन्नुभयो ठेकेदारको लापरबाही तेसमाथि जनप्रतिनिधिको गैरजिम्मेवारीपनको सजाय जनताले किन पाउने हरेक मागहरु सुनुवाइ गराउन विरोध प्रदर्शन नै चाहिने रहेछ, आन्दोलननै चाहिने रहेछ, र नगरपालिकाले पनि यही खोजेको हो भन्दै छिट्टै विरोधमा उत्रिने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सानो बाईपास- तिनपिप्ले सडक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्