Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वर नगरले बनाएको २ करोडको वाल एक महिनामै ढल्यो , नगरप्रशासनको कार्य क्षमता माथि प्रश्न

इन्जिनियरहरुको कमजोर क्षमता


२ असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. २ मा निर्माणधिन करिव २ करोडको वाल भत्किएको छ । तारकेश्वर नगरपालिका स्तरीय बजेटबाट निर्माण भएको पर्खाल एक महिनापनि टिक्न सकेन । नगरपालिकामा ५ लाख भन्दा बढिको योजनामा नगर उपप्रमुखले अनुगमन गर्ने प्रचलन छ ।

तारकेश्वर वडा नं. २ को कोइराला खोलामा इन्जिनियर र ठेकेदारको मिलेमतोमा कम रकममा कमजोर पर्खाल लगाइएको हुँदा भत्किन गएको स्थानीय रामसुदन फुयाँलले बताउनुभयो । फयाँलका अनुसार अहिलेसम्म आधा काममात्र सम्पन्न भएको छ ।

हिजो मात्र ठेकेदारले वालमा माटो फिल गरेको थियो । पर्खाल बनाउने क्रममा सुरुमै स्थानीयहरुले पर्खालको फाउण्डेशन सानो भएकोमा विरोध गर्नुका साथै ठूलो बनाउन माग गरेका थिए । स्थानीयको विरोधलाई वास्ता नगरी इन्जिनियर हरेराम प्याकुरेल र ठेकेदारको मिलेमतोमा काम भएको थियो ।

पर्खाल लडेको स्थानमा स्थानीयहरुले जनप्रतिनिधि, ठेकेदार र इन्जिनियरलाई बोलाएका थिए । तर अहिलेसम्म उक्त स्थानमा ठेकेदारबाहेक अरु कोही पनि नआएको स्थानीयको गुनासो छ ।

वाल बनाएको ठाउँमा ५–७ दिन अघि डोजर लगाउँदा खानेपानीको पाइप र टेलिकमको अप्टिकल फाइबर ध्वस्त भएका कारण स्थानीयहरु अहिले आक्रोशित भएका छन् ।  नगरपालिकाको २ कोरोडको योजना भएपनि ठेकेदारले टेण्डरमा १ करोड ३३ लाखमा योजना हात पारेको थियो ।

तारकेश्वरमा अहिलेसम्म निर्माण भएका नगरस्तरीय कामहरु धेरैजसो गुणस्तरयुक्त देखिदैन । इन्जिनियरहरुको कमजोर क्षमता र अनुभव नभएका कारण तारकेश्वरमा भएका विकास निर्माणका योजनाहरु पनि गुणस्तरीय बन्न नसकेको नेपाली काँग्रेसका प्रदेस सांसद्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनाले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #कार्य क्षमता माथि प्रश्न, #तारकेश्वर नगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545