Techie IT
शनिबार, वैशाख ६,२०८२

पिसिआर परीक्षणका लागि २० नीजि प्रयोगशाला इच्छुक


काठमाडौँ, ३० जेठ  कोरोना भाइरस (कोभिड १९)को पिसिआर परीक्षणका लागि २० प्रयोगशाला र अस्पतालले ईच्छुक देखाएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्टिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि ईच्छुक नीजि प्रयोगशालालाई प्रस्ताव आवहन गरेकोमा २० इच्छुकमध्ये पिसिआर मेसिन भएका नौ वटा प्रयोगशालाले आशय सहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिए ।

प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन । उनीहरुले आफूसंग अहिल्यै पिसिआर मेसिन नभएपनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पिसिआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रयोगशालाका निर्देशक डा. झाका अनुसार नौ प्रयोगशाला मध्ये तीन प्रयोगशालाले आफूसंग परीक्षणका लागि आवश्यक किट समेत रहेकोले अहिल्यै नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेको उहाँले बताउनुभयो ।

प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड १९ परीक्षणका लागि ईच्छुक दर्तावाला प्रयोगशालालाई आफूसंग भएको क्षमता खुलाई प्रस्ताव आवहन गरेको थियो । हिजो जेठ २९ गतेभित्र प्रस्ताव आवहन अनुसार नीजि प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए ।
‘‘हामीले प्रस्ताव गरे अनुसारको प्रयोगशालाले कोभिड १९ परीक्षणका लागि ईच्छुक देखाएका छन् ’’ डा. झाले भन्नुभयो, ‘‘हामीले प्रस्ताव हेरेर ति प्रयोगशालालाई चाडै नै परीक्षणको अनुमति दिन्छौ ।’’

प्रयोगशालामा प्रस्ताव पेश गरेका प्रयोगशालालाई परीक्षणको अनुमति दिएपछि कोभिड १९ को परीक्षण गराउन चाहनेले सर्वसाधारणले आफै शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् ।
कोभिड १९ को परीक्षणको दायरा बढाउनका लागि मन्त्रालयले नीजिलाई समेत कोभिड १९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो ।

प्रयोगशालालाई मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले गत जेठ २० गते कोभिड १९ को परीक्षणको क्षमता बढाउन नीजि क्षेत्रसंगको सहकार्यलाई अगाडि बढाउने सन्र्दभमा थप छलफल गरी यथास्रिघ मोलाडिटी तयार गर्ने भनेर निर्देशन समेत दिएको थियो ।
अहिले मुलुकभरि २१ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ ।
प्रयोगशालाकी निर्देशक डा. झाले मन्त्रालयले मापदण्ड बनाएपछि ति प्रयोगशालाले परीक्षण गर्ने अनुमति दिने बताउनुभयो ।
अहिलेसम्म दैनिक एक लाख १५ हजार ९३७ पिसिआर र एक लाख ७८ हजार १४३ जनाको आरडिटी परीक्षण गरिएको छ । दैनिक २१ वटा ठाउँबाट करीव ५ हजार परीक्षण हुदैँ आएका छ ।

हिजो जेठ २९ गते ५ हजार १९३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
उपत्यकामा जनस्वास्थ्य प्रयोगशाला सहित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले पिसिआर परीक्षणका लागि नीजिलाई पनि दिइने सैद्धान्तिक निर्णय गरेता पनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताउनुभयो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोभिड १९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545