खाँदबारीमा क्वारेन्टीनमा योग अभ्यास शिक्षा शुरु
संखुवासभाको बरुण बहुमुखी क्याम्पस खाँदबारीमा निर्मित क्वारेन्टीनमा बसेकाहरुका लागि योग अभ्यास शिक्षा सुरु भएको छ । जिल्ला आयूर्वेदिक कार्यालय तथा जिल्ला पतञ्जली यूवा समितिको संयुक्त आयोजनामा बिहिबार देखि योग अभ्यास सुरु भएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले संचालित योग अभ्यास शिक्षामा क्वारेन्टीनमा रहेका २१ जनाको सहभागिता रहेको छ ।
पतञ्जली जिल्ला यूवा समितिका अध्यक्ष क्षितिज बराल र जिल्ला अध्यक्ष दीपक कुटुवालले प्रशिक्षण दिइरहनु भएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरु गरिएको योग अभ्यास शिक्षा सहभागिहरु क्वारेन्टीनमा रहुन्जेल निरन्तर संचालन हुने पतञ्जली जिल्ला यूवा समितिका अध्यक्ष क्षितिज बरालले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्