Techie IT
बुधबार, वैशाख १०,२०८२

संक्रमितको संख्या १ हजार ८ सय ११ पुग्यो, थप १३ जनामा कोरोना पुष्टि


नेपालमा साेमबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

साेमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई सय २२ पुगेकाे छ । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545