मनमैजु पुलदेखि छन्त्याल संघसम्मको बाटो निर्माण सुरु
![](https://www.sajhapana.com/wp-content/uploads/2020/06/ward-10-banner555.jpg)
१९ जेठ, काठमाडौं । तारकेश्वर नगरपालिकाको मुलबाटो निर्माण सुरु भएको छ । मनमैजुपुलदेखि छन्त्याल संघसम्मको बाटो लकडाउनको अवधिमा काम सक्ने गरी सुरु भएको तारकेश्वर वडा नं. १० का अध्यक्ष अमृत थापाले बताउनुभयो । थापाकाअनुसार उक्त बाटोमा प्रदेस र केन्द्रको सांसद्बबाट आएको ५०–५० लाख रुपैयाँ बजेटबाट पक्की बाटो निर्माण हुन लागेको छ ।
अहिले तारकेश्वरमा अन्य वडाहरुमा भन्दा वडा नं. १० मा विकास निर्माणको कामले तिव्रता पाएको छ । लकडाउनको समयमा पनि तारकेश्वर वडा नं. १० विकास निर्माणले तिव्रता पाएको छ । अहिले मुलबाटो मनमैजुपुलदेखि छन्त्याल संघको बाटो सहित अन्य तीन ठाउँमा सम्झौता हुँदै काम सुरु भइरहेको छ ।
जसमा हिमालयन टोलमा (१०–१५ लाखमा) वालसहितको ढलानबाटो निर्माण हुँदै, शिव नगरमा १७ लाख ७५ हजारमा ढलानबाटो निर्माणका लागि सम्झौता हुन लागेको हुँदा १–२ दिनमा काम सुरु गर्ने तयारीमा रहेको शिव नगर टोल विकास समितिका अध्यक्ष ऋषि लोहोनी बताउनुभयो ।
त्यस्तै मानसिंह स्कुलपछाडिको बाटो हुँदै नासाल चोक जाने बाटोमा करिव १५ लाखमा पक्की ढलान भइरहेको छ ।
तारकेश्वरमा सबै वडाहरुले यसरी नै विकास निर्माणलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने हो भने २ वर्षमा नसोचेको काम पुरा हुन्छन् । विकास निर्माणलाई जनप्रतिनिधिहरुले पहिलो प्राथमिकतामा राख्न आवश्यक छ ।
फरकपत्र संवाददाता
क्याटेगोरी : समाचार
ट्याग : #मनमैजु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्