Techie IT
आईतबार, वैशाख ७,२०८२

संखुवासभाको डाउन पिलुवा जलविद्युतमा बाढीले करोडबढीको क्षति


संखुवासभाको धर्मदेवी नगरपालिका ४ मा रहेको डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगाएको छ । शनिबार आएको बाढीले निर्माणाधिन जलविद्युत आयोजनामा क्षति पुर्याएको निर्माणको जिम्मा पाएको ईसान कन्टक्सनका संचालक केशवप्रसाद अर्यालले बताए । उनका अनुसार जलविद्युतको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतिय सामाग्री बगाएको हो ।

पिलुवामा आएको बाढीले करिब १ करोड ७० लाख बढीको क्षति भएको पनि उनले बताए । निर्माणको काम निक्कै अघि बढीसकेको थियो, उनले भने, एक्कासी आएको बाढीले सबै बगायो । पिलुवामा ९ दशमलब ५ मेगावाट विद्युत उत्पादनका लागि काम धमाधम भइरहेको थियो ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545