Techie IT
बुधबार, माघ २३,२०८१

संखुवासभामा भारतबाट आएका २ जनामा कोरोना पोजेटिभ


खाँदबारी, १७ जेष्ठ :भारतबाट रुपन्देही नाका हुँदै संखुवासभा आएका दुईजनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाादबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष छन् । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो । संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत विराटनगर लैजाने तयारी गरिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545