Techie IT
बुधबार, माघ २३,२०८१

टोखा नगरपालिकालाई केन्द्र सरकार मार्फत ४४ करोड ३५ लाख बजेट


पुकार तिमलसिना

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।

जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्थानीय तहमा सबैभन्दा धेरै अनुदान पोखरा महानगरले पाएको छ ।

पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ । यस्तै, काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड २३ लाख रुपैयाँ पाएको छ ।

यस्तै काठमाडौको टोखा नगरपालिकालाई समिकरण अनुदान अन्र्तगत २४ करोड ६६ लाख ,सर्शत अनुदान अन्र्तगत १७ करोड,६९ लाख र समपूरक अनुदान अन्र्तगत दुई करोड गरि कुल ४४ करोड ३५ लाख रुपैया अर्थ मन्त्रालयले सार्वजनिक गरेको
स्थानीय सरकारले पाउने अनुदान अनुदानमा परेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #बजेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545