Techie IT
बुधबार, माघ २३,२०८१

एकैपरिवारका ६ जना विदेशी नागरिकको उद्धार


संखुवासभा – सदरमुकाम खाँदबारीमा बसिरहेका एकै परिवारका ६ जना अमेरिकन नागरिकलाई उद्धार गरिएको छ । बुधबार तारा एयरको विमान चार्टर गरेर उनीहरुलाई राजधानी पठाईएको हो । ती नागरिक केही बर्ष यता अपांगता सम्बन्धि अध्यायनका लागि सदरमुकाम खाँदबारी बस्दै आएका थिए ।

१० बर्षको छोरी विरामी भएपछि मेडिसिटी अपतालमा अपचार गर्न लैजान उनीहरुलाई जहाज चार्टर गरेर पठाइएको प्रशासनले जनाएको छ । यसअघि पनि प्रशासनको पहलमा लकडाउनका बेला सदरमुकाममा अलपत्र परेर बसेका बिभिन्न देशका ६ जना नागरिकलाई हेलिकप्टरबाट उद्धार गरेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545