Techie IT
शुक्रबार, चैत्र २८,२०८१

भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान


काठमाडौं । भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर(गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीको तर्फबाट कीर्तिमान बनाएका छन् ।

उनी टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो । बुमराहले २०० विकेट पूरा गर्न ४४ खेल खेल्नु परेको छ ।

भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुङ्गा पार गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिएका थिए । तर फास्ट बलर तर्फ बुमराह पहिलो खेलाडी हुन् । अश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।

बुमराह अहिले आइसीसी र्याङ्किङको टेष्ट तर्फ पहिलो नम्बरको खेलाडी समेत हुन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:40 am6:28 pm +0545