सिटीलाई अर्को झड्का, डिफेन्डर जोन स्टोन्स घाइते

काठमाडौं । यो सिजन खराब लयबाट गुज्रिएको इंग्लिस प्रिमियर लिग ९इपीएल०को डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको लागि खराब समाचार आएको छ ।
उसको नियमित डिफेन्डर जोन स्टोन्सले बक्सिङ डे मा हुने एभर्टन विरुद्धको खेल गुमाउने भएका छन् ।
शनिवार एस्टन भिल्लासङ्गको खेलमा घाइते भएका जोनले कम्तीमा एक खेल गुमाउने भएपछि लय बिग्रिएको सिटीलाई लयमा ल्याउन प्रशिक्षक गार्डिओलालाई थप समस्या हुने देखिएको हो ।
३० वर्षीय डिफेन्डरले घाइते हुनुअघि भिल्ला विरुद्ध ४५ मिनेट मात्र मैदानमा खेलेका थिए । उनले आफूलाई असहज महसुस भएको जनाउ दिएपछि सिटिले उनको ठाउँमा काइल वाकरलाई प्रतिस्थापन गरेको थिए ।
सिटीले पछिल्लो समय खेलेको १२ खेलमा १ मा मात्र जित निकालेपछि प्रशिक्षक गार्डिओला पूर्ण रूपमा दबाबमा छन् ।
जारी सिजनको १७ औँ चरणको खेल सम्पन्न हुँदा सिटी २७ अङ्क सहित सातौँ स्थानमा छ । उ भन्दा एक खेल कम खेलेको लिग लिडर लिभरपुलको ३९ अङ्क छ । अब यो सिजन उपाधि रक्षा गर्ने सिटीको सम्भावना लगभग अन्त्यको अवस्थामा देखिन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #डिफेन्डर जोन स्टोन्स घाइते, #सिटीलाई अर्को झड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्