Techie IT
शुक्रबार, चैत्र २८,२०८१

रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने, एनपीएलमा तेस्रो अर्धशतक


काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उच्च स्कोरलाई उछिन्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।

रोहितको लुम्बिनी लिग चरणबाटै आउट भइसकेको छ । सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा पहिलो नम्बरमा रहेका रोहितले २७९ रन जोडेका थिए भने दोस्रो स्थानमा रहेका बोपाराको २३३ रन थियो । रोहितलाई उछिन्न बोपारालाई ४७ रन आवश्यक थियो ।

अहिले जारी इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपाराले रोहितलाई पछि पारे । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए । नन्दन यादवको बलमा ठूलो सट खेल्दा गुल्सन झाले उत्कृष्ट क्याच लिँदै बाेपारालाई पेभेलियन फर्काए ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन हारको संघारमा पुगेकाे छ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएलमा तेस्रो अर्धशतक, #रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:40 am6:28 pm +0545