महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । बलिङमा पनि उनले दुई विकेट लिइन् ।
पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १०४ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालकी पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिइन् ।
यस्तै रचना कुमारी चौधरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट, रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर एक विकेट र सिमाना केसीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो । नेपालकी ओपनर सावित्री धामी ८ रनमा आउट भइन् भने साना प्रविन १० रनमा रनआउट भइन् ।
त्यसपछि पूजा र उपकप्तान सोनी पाख्रिनले नेपालको स्कोर अगाडि बढाएका थिए । यी दुईले ३१ रनको साझेदारी गर्दै नेपाललाई ५९ रनसम्म पुर्याए । सोनी १३ रनमा रनआउट भइन् ।पाँचौं नम्बरमा आएकी ज्योत्सिना मरासिनीले खाता खोल्न सकिनन् ।
६६ रनमा चार विकेट गुमाएपछि पाँचौं विकेटका लागि पूजा र सिमाना केसीबीच अविजित साझेदारी भयो । उनीहरुले नेपाललाई जितसम्म दोहोर्याए । पूजाले ४७ बलमा ४७ रन तथा सिमानाले १२ बलमा १२ रन बनाए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्