विराटनगरको फराकिलो जित, प्लेअफको सम्भावना जीवित

२८ मंसिर, काठमाडौं । प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य खेलको नतिजाले पनि साथ दिनुपर्छ ।
टस जितेर आज विराटनगरले ब्याटिङ रोजेको थियो । एक समय १० रनमा तीन विकेट र ३३ रनमा चार विकेट गुमाएको विराटनगरलाई मार्टिन गुप्टिल, बसिर अहमद र राजेश पुलामीले उद्दार गरे । छैटौं विकेटका लागि बसिर । राजेशले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याएका थिए । बिराटनगरले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो ।
उत्कृष्ट सुरुवात गरेको चितवनले अन्तिम ओभरहरुमा लय गुमाउन पुग्यो । चितवनको खराब फिल्डिङ र विकेटकिपिङले पनि बिराटनगरलाई फाइदा मिल्यो । चितवनले २३ अतिरिक्त रन दिएको थियो । मार्टिन गुप्टिल र बसिर अहमदले जीवनदान पाएका थिए ।
३३ रनमा ४ विकेट गुमेको स्थितिबाट मार्टिन गुप्टिल र बसिर अहमदले बिराटनगरलाई खेलमा फर्काएका थिए । उनीहरुले ६५ रनको साझेदारी गर्दै विराटनगरलाई ९८ रनसम्म पुर्याए । त्यसपछि आएका राजेश पुलामीले बसिरलाई बलियो साथ दिए । उनीहरुबीच ३७ बलमा ८३ रनको अविजित साझेदारी भएको थियो ।
बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्कासहित ६८ रन बनाए । यस्तै पुलामीले २० बलमा ३ छक्का र एक चौकासहित ३३ रन हाने ।
जवाफी ब्याटिङमा चितवनले ६ विकेटका क्षतिमा १३० रन मात्रै जोड्न सक्यो । यसअघि तीन खेल जितेको चितवन आज जितेको भए प्ले अफमा बलियो दावेदारी हुन सक्थ्यो । तर, आजको हारले टीममाथि दवाव थपिएको छ ।
चितवनका अमरसिंह रौटेलाले २८ बलमा सर्वाधिक ४२ रन बनाए । कुशल मल्ल २५ बलमा त्यति नै रन बनाएर आउट भए । बिराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #प्लेअफको सम्भावना जीवित, #विराटनगरको फराकिलो जित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्