Techie IT
शनिबार, वैशाख ६,२०८२

रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य


काठमाडौँ, मङ्सिर २१ गते । कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाउनुभयो । उहाँले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । टोम मूर्सले ४५ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । सन्दीप जोराले १८ रन जोड्नुभयो ।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिनुभयो । म्याट क्रिच्ट्लीले एक विकेट लिनुभयो । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545