Techie IT
बिहीबार, माघ ३,२०८१

एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य


काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निधारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको छ ।

चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । कप्तान कुशल मल्लले ३८ रन बनाउनुभयो ।चितवन लगातार दोस्रो जितको खोजीमा छ ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता पहिलो खेलको पोखरा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : ## breakingnews, #एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545