एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी

काठमाडौँ, मङ्सिर १७ गते । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल र रवि बोपराले ११/११ तथा सरद भेषवाकारले अविजित ११ रन बनाउनुभयो ।
बलिङमा काठमाडौँका साहब आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । डन डाउथवेट र जेरार्ड इरासमसले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाउनुभयो ।
यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाउनुभयो । काठमाडौँको ब्याटिङ धराशायी बनाउन बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिनुभयो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो ।
सोहेलले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ एनपिएलको एउटै इनिङ्समा सर्वाधिक पाँच विकेट लिने पहिलो खेलाडी पनि बन्नुभएको छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले विराटनगर किङ्सविरुद्ध तीन विकेट लिनुभएको थियो ।
यस्तै कुशल मल्ल, अमरसिंह रौतेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एक एक विकेट झार्नुभयो । आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
यता भारतका चर्चित खेलाडी शिखर धवनको प्रदर्शनमा कर्णाली सुखद सुरुवात गर्ने तयारीमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्