चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो सम्पन्न

प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०१, शनिबार ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा ‘चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता’ सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ७ टफा डम्फुको सभाहलमा आयोजित प्रतियोगितामा १३ वटा स्वर्ण पदक सहित अक्सफर्ड दोजाङ प्रथम, ११ स्वर्ण पदक सहित सिरुटार दोजाङ दोस्रो र चार वटा स्वर्ण पदक सहित निकोसेरा दोजाङ तृतीय भएको अध्यक्ष सुन्दर सुवालले बताउनुभयो । यस्तै, प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ डोजाङक सौरभ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ सिरुटार दोजाङकि रोश्नी टीटुंग उत्कृष्ट खेलाडी घोषित भइन्।
२ दिन चलेको प्रतियोगितामा १४ दोजाङका करिब ३०० खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रेम कुमार लामाले जानकारी दिए ।समापन समारोहका कार्यक्रम सभापति राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष सुन्दर सुवाल थिए भने प्रमुख अतिथि राष्ट्रिय तेक्वान्डो संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिश लागेजु रहेका थिए। कार्यक्रममा वरिष्ठ केन्द्रीय सदस्य शेरबहादुर थापा मगर, चाँगुनारायण नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्याम नाँयाजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्