साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त

काठमाडौँ, भदौ १० गते । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो ।
टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पार्नुभएको थियो । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो । फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपालसँग उपाधि भिडन्त, #साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्