Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन


काठमाडौं, ५ साउन । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो ।

त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545