कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो ।
लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले २८ रन र विपिन रावतले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । यी दुई बाहेक दीपेन्द्र रावतले मात्र दोहोरो अंक छुन सके । अन्य ब्याटर एकल अंकमा आउट हुन पुगे ।
लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले ५ विकेट लिए । यस्तै नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १-१ विकेट लिए ।
त्यसअघि मुलपानीमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११६ रन बनायो । लुम्बिनीका लागि म्रिनाल गुरुङले ३० बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे । कृष्ण कार्कीले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।
कर्णालीका लागि युनिस ठकुरीले ३ विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले २-२ विकेट लिए । प्रकाश जैशीले १ विकेट लिए ।
लिग चरणमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान ८/८ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी शीर्षस्थानमा र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्