Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल र आयरल्यान्ड ‘ए’बीचको दोस्रो खेल आज


काठमाडौं, १३ चैत । नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई पराजित गरेको हो । आयरल्यान्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल र आयरल्यान्ड ‘ए’बीच


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545